‘छ माया छपक्कै’को प्रचारप्रसार व्यस्त निर्माण पक्ष
काठमाडौं, असोज ८ : दीपक–दीपाको ‘छ माया छपक्कै’ पनि असोज २४ गतेबाट प्रदर्शनमा आउने भएको छ।
विजया दशमीको चौंथो दिनदेखि ....

काठमाडौं, असोज ८ : दीपक–दीपाको ‘छ माया छपक्कै’ पनि असोज २४ गतेबाट प्रदर्शनमा आउने भएको छ।
विजया दशमीको चौंथो दिनदेखि प्रदर्शनमा आउन लागेको फिल्ममा नायिका केकी अधिकारी र दीपकराज गिरीको मुख्य भूमिका छ।
‘छक्का पञ्जा’ टिम नै रहेको यो फिल्ममा प्रेम, पारिवारिक सम्बन्ध र राजनीतिक विषय समेटिएको छ। दर्शकमाझ ‘जुनको जुनेली’ बोलको गीत ल्याइसकेको फिल्मले बक्स अफिसमा कस्तो व्यापार गर्ने गर्छ भन्ने हेर्न बाँकी नै छ।
फिल्मको निर्देशन दीपेन्द्र लामाले गरेका छन् भने कथा स्वयम् उनकै छ। रोहित अधिकारी मुख्य निर्माता रहेको फिल्ममा दीपकराज, दीपाश्री निरौला, केकी अधिकारी, जितु नेपाल, केदारप्रसाद घिमिरे लगायतको अभिनय छ।
दशैंको चौथो दिनदेखि प्रदर्शनमा आउने फिल्मको प्रचारप्रचारमा अहिले कलाकार तथा निर्माता व्यस्त छन्।












