Kathmandu Press

देशभर थप १९४ जनामा कोरोना संक्रमण, एककाे मृत्यु

काठमाडाैं, फागुन २३ : देशभर थप १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पछिल्लाे २४ घन्टामा देशभर गरिएको ३ हजार ६ सय ३८ पिसिआर परीक्षणका...
देशभर थप १९४ जनामा कोरोना संक्रमण, एककाे मृत्यु

काठमाडाैं, फागुन २३ : देशभर थप १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लाे २४ घन्टामा देशभर गरिएको ३ हजार ६ सय ३८ पिसिआर परीक्षणका क्रममा ७४ जना र २ हजार ७ सय ५६ एन्टिजेन परीक्षणका क्रममा १२० जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ। हालस्म्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४९ जना निको भएका छन्।

त्यस्तै थप ३ सय ४८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ५९ हजार ८ सय १७ जना निको भएका छन्।

हाल नेपालमा ५ हजार ८ सय ७५ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ५ हजार ७ सय ४५ जना होम आइसोलेसन र १ सय ३० जना संस्थागत आइसोलेसन रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ४२ जना आइसियु र ५ जना भेन्टिलेटरमा उपचाररत छन्। 

प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्