Kathmandu Press

प्रदर्शनको तयारीमा ‘रातो टीका निधारमा’ 

काठमाडाैं, असोज ८ :  ‘रातो टीका निधारमा’ गीतको बोल सुन्ने बित्तिकै सबैको मानसपटलमा आउँछ नायक राजेश हमाल र नायिका करिश्मा मा....

प्रदर्शनको तयारीमा ‘रातो टीका निधारमा’ 

काठमाडाैं, असोज ८ :  ‘रातो टीका निधारमा’ गीतको बोल सुन्ने बित्तिकै सबैको मानसपटलमा आउँछ नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको जोडी।

यही पुरानो गीतको बोलमा बनेको ‘रातो टीका निधारमा’ फिल्म आउँदो असोज १० गतेदेखि प्रदर्शनमा आउँदैछ। 

घटस्थापनाको दुई दिनअघि प्रदर्शनमा आउन लागेको फिल्म ‘रातो टीका निधारमा’ फिल्मले दशैंभर एकछत्र राज गर्नेछ। फिल्ममा नायक अंकित शार्मा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य अभिनय रहेको छ।

फिल्मको निर्देशक अशोक शर्मा हुन् भने निर्माता किरण शर्मा र कृति शर्मा हुन्। ‘रातो टीका निधारमा’ फिल्मको निर्माण टोली अहिले अन्तिम प्रचारप्रसारमा व्यस्त छ।

फिल्मको प्रचारकै क्रममा नायिका साम्राज्ञीले आफ्ना ‘डाइहार्ट फ्यान’ हरुसँग भेट गरेकी छिन्। प्रेम, धोका र हाँसोको समिश्रण रहेको फिल्ममा साम्राज्ञी पहिलो पटक गाउँले केटीको रुपमा देखिएकी छिन्। 

फिल्ममा कलाकार नायिका नीता ढुङ्गाना, बुद्धि तामाङ, रवीन्द्रकुमार झा, शिवहरि पौडेल, बसुन्धरा भुसाल, जयानन्द लामा लगायतको अभिनय रहेको छ।
 

प्रकाशित मिति: १८:५१ बजे, बुधबार, असोज ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्