Kathmandu Press

संविधानले व्यवस्था गरेको महिला अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडाैं, फागुन २४ : प्रधानमन्त्री शेरबहादुर देउवाले महिला हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।काठमाडाैं, फागुन २४...
संविधानले व्यवस्था गरेको महिला अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडाैं, फागुन २४ : प्रधानमन्त्री शेरबहादुर देउवाले महिला हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले आयोजना गरेको मूल समारोहमा प्रधानमन्त्री देउवाले महिलाको विषय सबैको साझा भएको भन्दै महिला हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

उनले महिला अधिकार र सशक्तीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। उनले महिलाविरुद्ध हुने सबैखाले भेदभाव र हिंसाविरुद्ध अभियानकै रुपमा जुट्न आग्रह गरे।

देशको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैंगिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने उनले बताए।

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समाजमा विद्यमान पितृसतात्मक सोच र व्यवहारलाई निवारण गर्न नसक्नु चुनौतीको विषय भएको उल्लेख गरे। महिला हिंसा र असमानतालाई पूर्ण रुपमा निर्मूल नपारेसम्म देश र समाजको आर्थिक सामाजिक विकास नहुने उनको भनाइ छ।

‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ २०७८ को महिला दिवस मनाइएको हो।

सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ।

प्रकाशित मिति: १५:३९ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्