Kathmandu Press

आतंकवादबाट प्रभावित देशको सूचीमा अफगानिस्तान शीर्ष स्थानमा

काबुल, फागुन २४ : अफगानिस्तान सन् २०२१ मा आतंकवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा परेको छ। स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान (आईईपी)...
आतंकवादबाट प्रभावित देशको सूचीमा अफगानिस्तान शीर्ष स्थानमा

काबुल, फागुन २४ : अफगानिस्तान सन् २०२१ मा आतंकवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा परेको छ। स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान (आईईपी) द्वारा प्रकाशित ग्लोबल आतङ्कवाद सूचकाङ्कलाई उद्धृत गर्दै उक्त कुरा जनाएको छ।

देशले २०२१ मा आतङ्कवादबाट  १, ४२६ जनाको ज्यान गएको छ जुन विश्वको कुल सङ्ख्याको २० प्रतिशत हो। आईईपीकाे प्रतिवेदनअनुसार जसले अफगानिस्तानमा आतंकवादी घटनाहरूमा कम्तिमा २,१९९ जना घाइते भएका छन् भने ९१ जना बन्धक पारिएका छन् ।

यी पीडितहरू मध्ये आधाभन्दा बढी नागरिकहरू रहेका थिए जसमा काबुलमा भएको  सन् २०२१ को आक्रमणमा परेका थिए। दाएसले काबुल अन्तरराष्ट्रिय विमानस्थल नजिक दुईवटा आत्मघाती बम विस्फोट गराएको थियो जसमा १७० जना मारिएका थिए  भने अन्य थुप्रै घाइते भएका थिए।

अफगानिस्तान पछि इराक र पाकिस्तानमा सबैभन्दा धेरै आतङ्कवादी हमला  गरिएका प्रतिवेदन सार्वजनिक भएका थिए।
यसैबीच, अगस्टको मध्यमा अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि आर्थिक अस्तव्यस्तता र गम्भीर मानवीय संकट निम्त्याएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा २ करोड ४० लाखभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक छ।

प्रकाशित मिति: १५:१५ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्