कांग्रेस निकट कर्मचारी युनियनको अध्यक्षमा पोखरेल, महासचिवमा रावल
काठमाडौं, फागुन २४ : नेपाली कांग्रेस निकट कर्मचारी संगठन निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल पुनः निर्वाचित भएका छन्। संस्थापन पक्षका सुरेन्द्रप्रसाद अधिकारीलाई पराजित...
काठमाडौं, फागुन २४ : नेपाली कांग्रेस निकट कर्मचारी संगठन निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल पुनः निर्वाचित भएका छन्। संस्थापन पक्षका सुरेन्द्रप्रसाद अधिकारीलाई पराजित गर्दै पोखरेल यूनियनको अध्यक्ष निर्वाचित भएका हुन्।
पोखरेल ३४८ मतसहित विजयी हुँदा अधिकारीले २६१ मत ल्याए। केही पदाधिकारी सर्वसम्मत चयन भएका छन्।
युनियनबाट वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल निर्वाचित भएका छन्। महासचिव जनकबहादुर रावल विजयी भएका छन् भने उपमहासचिवमा इन्दु शर्मा विजयी भएका छन्।
त्यस्तै खुला उपाध्यक्षमा यज्ञबहादुर आले, १ नं प्रदेशको अध्यक्षमा मानबहादुर वन, मधेश प्रदेशको अध्यक्षमा राजकिशोर राउत, बाग्मती प्रदेशमा श्रीराम लम्साल, गण्डकीमा दीपक रेग्मी, लुम्बिनी मा मदन गौतम, कर्णालीमा चन्द्रबहादुर खड्का, सुदूरपश्चिममा धर्मबहादुर देउवा, संघीय अध्यक्षमा तेजबहादुर केसी, महिला उपाध्यक्षमा निर्मला शर्मा, जनजाती उपाध्यक्षमा पुरण गुरुङ विजयी भएका छन्।
त्यस्तै मधेशी उपाध्यक्षमा अशोक कुमार रौनियार, पीछडिएको क्षेत्रतर्फका उपाध्यक्षमा कृष्णबहादुर सेजुवाल र श्रेणी विहिन उपाध्यक्ष सोम कोइराला विजयी भएका छन्।
खुला सचिवमा कुल प्रसाद भट्टराई, जगत बहादुर पाठक, प्रकाश भट्टराई, झविन्द्र पोखरेल, युवा सचिवमा भुपेन्द्र अधिकारी चयन भएका छन्। जनजातितर्फ सचिव शान्त राज राई, मधेशी सचिवमा चिन्तन आचार्य र कोषाध्यक्षमा प्रयास घिमिरे निर्वाचित भएका छन्।
केन्द्रीय सदस्यहरुको मतगणना जारी रहेको बताइएको छ।











