Kathmandu Press

युक्रेनको सुमी सहरमा भएको बम विस्फोटमा ९ जनाको मृत्यु

किभ, फागुन २४ : युक्रेनको किभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी सहरमा भएको हवाई हमलामा दुई बालबालिकासहित कम्तीमा नौजनाको मृत्यु भएको उद्धार...
युक्रेनको सुमी सहरमा भएको बम विस्फोटमा ९ जनाको मृत्यु

किभ, फागुन २४ : युक्रेनको किभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी सहरमा भएको हवाई हमलामा दुई बालबालिकासहित कम्तीमा नौजनाको मृत्यु भएको उद्धार सेवाले मंगलबार जनाएको छ।

सोमबार राति 'शत्रु विमानहरूले कपटी ढंगले अपार्टमेन्ट भवनहरूमा आक्रमण गरेको' उद्धार सेवाहरूले राति ११ बजे घटनास्थलमा आइपुगेपछि टेलिग्राममा  उल्लेख गरेका छन्।

रुसी सिमानानजिकै रहेको सुमी सहर केही दिनदेखि चर्को लडाइँको चपेटमा परेको छ।

प्रकाशित मिति: १४:०५ बजे, मंगलबार, फागुन २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्