Kathmandu Press

स्थानीय तहको निर्वाचन तयारीमा जुट्न देउवाकाे निर्देशन

काठमाडाैं, फागुन २४ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्। आज (मंगलबार) पार्टी कार्यालय सानेपामा बसेको...
स्थानीय तहको निर्वाचन तयारीमा जुट्न देउवाकाे निर्देशन

काठमाडाैं, फागुन २४ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्। 

आज (मंगलबार) पार्टी कार्यालय सानेपामा बसेको उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकमा देउवाले कांग्रेसले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा जुट्न निर्देशन दिएका हुन्।

देउवाले स्थानीय तह निर्वाचन केन्द्रित घरदैलो अभियान सञ्चालनमा क्रियाशील हुन आवश्यक निर्देशन दिएको कांग्रेस नेता मोहन बस्नेतले जानकारी दिए।

नेता बस्नेतले कांग्रेसले मात्रै जनता र देशका लागि इमान्दारीपूर्वक काम गर्ने प्रभाव मुलुकभर परेको दाबी गरे।

कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति: १३:४७ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्