एमालेबाट निर्वाचित बलेफी गाउँपालिकाका अध्यक्ष क्षेत्री कांग्रेसमा प्रवेश
काठमाडाैं, फागुन २४ : सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनी गत स्थानीय तहकाे निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए।कांग्रेस...
काठमाडाैं, फागुन २४ : सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनी गत स्थानीय तहकाे निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए।
कांग्रेस पार्टी कार्यालय सानेपामा मंगलबार प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवा लगाएतका नेताहरुले क्षेत्रीलाई कांग्रेस प्रवेश गराउनुभएको हो। त्यसक्रममा देउवाले उनलाई कांग्रेसको सदस्यता प्रदान गरेका थिए।
पार्टी प्रवेशपछि क्षेत्रीले एमाले सिन्धुपाल्चोकमा जुरेको भन्दा ठूलो पहिरो गएको र यो कांग्रेसले मात्रै सम्हाल्न सक्ने बताए। उनले आफू संस्कारयुक्त पार्टीमा आएको पनि धारणा राखे।
क्षेत्रीसँगै सिन्धुपाल्चोक एमालेका केही नेता र कार्यकर्ता पनि कांग्रेस प्रवेश गरेका छन्।
प्रकाशित मिति: १३:३५ बजे, मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











