Kathmandu Press

अमेरिकाको आयोवामा गोली चल्दा एकको मृत्यु, दुई घाइते 

वासिङटन, फागुन २४ : अमेरिकाको आयोवाको एक हाईस्कूल बाहिर गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।सिएनएनले  जनाएअनुसार डेस...
अमेरिकाको आयोवामा गोली चल्दा एकको मृत्यु, दुई घाइते 

वासिङटन, फागुन २४ : अमेरिकाको आयोवाको एक हाईस्कूल बाहिर गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।

सिएनएनले  जनाएअनुसार डेस मोइनेस शहरको पूर्वी हाई स्कूल बाहिर गोलीबारीको क्रममा तीन व्यक्तिलाई चोट लागेको थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार गोलीबारीका संदिग्धहरू प्रहरी हिरासतमा छन्।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: १३:३३ बजे, मंगलबार, फागुन २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्