Kathmandu Press

चुच्चे नक्सा र सबै प्रदेश अंकित दृष्टिवहीनमैत्री सिक्का भाेलिदेखि प्रचलनमा आउने

काठमाडौं, फागुन २४ : नेपाल राष्ट्र बैंकले बुधबारदेखि एक रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउँदैछ।साबिककै आकारमा हुने नयाँ सिक्का सुनौलो रङ टकमरी गरिएका हुने राष्ट्र...
चुच्चे नक्सा र सबै प्रदेश अंकित दृष्टिवहीनमैत्री सिक्का भाेलिदेखि प्रचलनमा आउने

काठमाडौं, फागुन २४ : नेपाल राष्ट्र बैंकले बुधबारदेखि एक रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउँदैछ।

साबिककै आकारमा हुने नयाँ सिक्का सुनौलो रङ टकमरी गरिएका हुने राष्ट्र बैंकले बताएको छ।

नयाँ सिक्काको अगाडिको भागमा चौसट्टी वटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नयाँ चुच्चे नक्सा राखिएको छ। सिक्काको माथिल्लो भागमा अंग्रेजीमा ‘आरई वान’ लेखिएको छ भने तल्लो भागमा १ रुपैयाँ लेखिएको छ। 

नेपालको नक्साको दायातर्फ दृष्टिविहीनले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न एउटा मोटो थोप्ला रहेको छ। ६५ थोप्लाहरूको वृत्ताकार घेराभिव हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको ।

पछाडिको भागमा पनि  चौसट्टी वटा थोप्लाको वृत्ताकार घेरा रहेको छ। सो घेराको बीचमा अरू आठवटा थोप्ला वर्गाकार रूपमा राखिएको छ। त्यसभित्र सगरमाथाको चित्र राखिएको छ। त्यसकै मुनि अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ। सगरमाथाचित्र वरिपरि चन्द्र, सूर्य, चक्र, संख, पद्यको साना आकृति बनाइएको छ।

प्रकाशित मिति: १३:१७ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्