Kathmandu Press

बागमती प्रदेश प्रमुख शर्माद्वारा अन्तर्राष्ट्रिय महिला दिवसकाे शुभकामना

मकवानपुर, फागुन २४ : बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण नेपाली नारीहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त...
बागमती प्रदेश प्रमुख शर्माद्वारा अन्तर्राष्ट्रिय महिला दिवसकाे शुभकामना

मकवानपुर, फागुन २४ : बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण नेपाली नारीहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्। 

‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने नारासहित विश्वभर मनाइँदै गरिएको महिला दिवसका अवसरमा उनले शुभकामना व्यक्त गरेका हुन् ।  शुभकामना सन्देशमा प्रदेश प्रमुख शर्माले भनेका छन्, ‘नेपालको संविधानले समेत मौलिक हकको धारा ३८ मा महिलामाथि हुने अत्याचार, शोषण, दमन र हिंसाजस्ता लैङ्गिक विभेद र अमानवीय व्यवहार अन्त्य गरी पुरुष र नारीबीच समानताको प्रत्याभूति गर्न महिलाको हक सुनिश्चित गरेको छ । 

संविधानमा महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने व्यवस्था छ । यस्तै संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरेको दिगो विकासका लक्ष्यहरू लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने र न्यायमा पहुँच पु¥याउनेजस्ता विषय महिला हित पक्षमा छन्।’

यस्तै बागमती प्रदेशसभाका उपसभामुख राधिका तामाङले पनि ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देश तथा विदेशमा रहेका नेपाली नारीमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्। 

उनले लामो कालखण्डसम्म रहेको पितृसत्तात्मक सोच र संरचनाका कारण नयाँ नीति र कानुनको कार्यन्वयनमा जटिलता कायमै रहेको जनाउँदै ती जटिलताको निराकरण, सोच र जीवन व्यवहारमा परिवर्तनका लागि सबै एकजुट हुनुपर्ने बताए। 

प्रकाशित मिति: ११:१६ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्