Kathmandu Press

भक्तपुरमा भेटियो महिलाको शव

भक्तपुरमा भेटियो महिलाको शव

भक्तपुर, फागुन २४ :  भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा एक महिलाको शव फेला परेको छ । टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५–४० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

नाम, ठेगाना नखुलेको ती महिलाको घाँटीअगाडिको भागमा गहिरो चोट लागेको प्ररहीले जनाएको छ। महिलाको शव अर्धनग्न अवस्थामा सोमबार राति भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थल प्रकृति तथा लाश जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १०:१४ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्