Kathmandu Press

बाँकेमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा रहेका प्रहरीकाे मृत्यु

बाँके, फागुन २४ : मोटरसाइकलको ठक्करबाट बाँकेमा ड्युटीमा रहेका एक प्रहरीको मृत्यु भएको छ। नेपालगञ्ज–कोहलपुर सडक खण्डअन्तर्गतको राँझा चोकमा सोमबार राति मोटरसाइकलले ठक्कर...
बाँकेमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा रहेका प्रहरीकाे मृत्यु

बाँके, फागुन २४ : मोटरसाइकलको ठक्करबाट बाँकेमा ड्युटीमा रहेका एक प्रहरीको मृत्यु भएको छ। नेपालगञ्ज–कोहलपुर सडक खण्डअन्तर्गतको राँझा चोकमा सोमबार राति मोटरसाइकलले ठक्कर दिंदा प्रहरी हबल्दार भुपेन्द्र शाहीको मृत्यु भएको हो ।

दुर्घटनामा प्रहरी जवान नरेश चौधरी र मोटरसाइकल चालक सन्तोष बमसिंह ठकुरी घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुकाे मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ ।

मोटरसाइकल चेकिङमा खटिएका प्रहरी हबल्दार शाही र चौधरीलाई ठकुरीले चलाएको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:०१ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्