एक रुपैयाँको सिक्का भोलिदेखि प्रचलनमा
काठमाडौं, फागुन २४ : नेपाल राष्ट्र बैंकले भोलिदेखि एक रुपैयाँको सिक्का प्रचलनमा ल्याउने भएको छ।राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना प्रकाशित गरी बुधबारदेखि...
काठमाडौं, फागुन २४ : नेपाल राष्ट्र बैंकले भोलिदेखि एक रुपैयाँको सिक्का प्रचलनमा ल्याउने भएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना प्रकाशित गरी बुधबारदेखि फेरि एक रूपैयाँको सिक्का प्रचलनमा ल्याउन लागेको जनाएको छ। सुनौलो रंगमा २०७७ साल लेखिएको सिक्का प्रचलनमा आउने भएको छ।
एक रुपैयाँको सिक्काको अग्रभागमा वृत्ताकार ६४ थोप्ला हुनेछन्। त्यसमा लिपुलेक सहितको नेपालको नक्सा पनि हुनेछ।
नयाँ सिक्का सम्बन्धी विस्तृत विवरण :

प्रकाशित मिति: ०८:२८ बजे, मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











