परराष्ट्रमन्त्री डा. खड्का टर्की जाँदै
काठमाडौं, फागुन २४ : एडीएफमा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का आज टर्की जाँदै छन्।टर्कीमा ११ देखि १३ मार्चमा एडीएफ सम्मेलन हुँदै छ।...
काठमाडौं, फागुन २४ : एडीएफमा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का आज टर्की जाँदै छन्।
टर्कीमा ११ देखि १३ मार्चमा एडीएफ सम्मेलन हुँदै छ। जहाँ ५० भन्दा बढी देशका परारष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञको सहभागिता हुनेछ।
यसमा मन्त्री खड्काले लोकतान्त्रिक शासन र सुरक्षा तथा एशिया नयाँः दिगो क्षेत्रीय विकास सम्बन्धी छलफलमा भाग लिनेछन्।
उनले टर्कीका समकक्षी तथा अन्य सरकारी अधिकारीसँग पनि भेटघाट गर्नेछन्। यससँगै त्यहाँ रहेका गैरआवासीय नेपाली र उद्यमीसँग पनि छलफल गर्ने कार्यक्रम छ।
प्रकाशित मिति: ०८:१५ बजे, मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











