करिब एक सय बढिलाई र्याफटिङ सम्बन्धि तालिम प्रदान गरिने
काठमाडौं, फागुन २३ : नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा गत वर्ष देखि शुरु गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो...
काठमाडौं, फागुन २३ : नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा गत वर्ष देखि शुरु गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्र्तगत दोस्रो चरणको कार्यक्रम शुरु गरेको छ ।
जसअनुसार नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ र्याफटिङ एजेन्सिज (नारा) बीच तालिम सञ्चालनका लागि सोमबार सम्झौता भएको हो । सम्झौतामा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी तथा (नारा) का तर्फबाट अध्यक्ष गंगाप्रसाद नेपालले हस्ताक्षर गरेका छन् । यस अघि पनि बोर्डले नारासँगको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी दिँदै परियोजनाका राष्ट्रिय संयोजक तथा बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले यो तालिमले जलयात्रा क्षेत्रमा थप नयाँ रोजगारी सिर्जना हुने बताए ।
यो सम्झौता अनुसार नाराले त्रिशुली, भोटेकोशी र कालीगण्डकी क्षेत्रमा गरी करिब एकसय जनालाई र्याफटिङ सम्बन्धि तालिम प्रदान गरिने जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्र्तगतका नेशनल प्रोजेक्ट म्यानेजर तथा बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । दुई सातासम्म सञ्चालन गरिने यो तालिमले स्थानीय स्तरमा जलयात्राको लागि नयाँ जनशक्ति तयार हुने अपेक्षा गरिएको नाराका अध्यक्ष गंगा प्रसाद नेपालले बताए ।
सम्झौता अनुसार जेठ १५ गते तीन वटै नदीमा तालिम सम्पन्न गरिने नाराका महासचिव शिशिर खनालले जानकारी दिए । त्रिशुली नदीमा देशैभरबाट र अन्य दुर्ई नदीमा त्यहाँकै स्थानीयलाई तालिम प्रदान गरिने समेत उनले जानकारी दिए । नाराका अनुसार हाल नेपालमा करिब सात सय तालिम प्राप्त याफटिङ गाइडहरु रहेका छन् भने यसमा अप्रत्यक्ष रुपमा आक्षित जनशीक्त करिब २ हजार भन्दा बढि रहेको छ ।
दुई वर्ष ६ महिना अवधिको यो परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ । यो परियोजनाले पहिलो चरणमा पर्यटन क्षेत्रका करिब ६ हजार पर्यटन मजदूरलाई अल्पकालीन रोजगारी दिएको छ ।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)