Kathmandu Press

कांग्रेस अछाम सभापतिमा शाह विजयी 

काठमाडौं, फागुन २३ : नेपाली कांग्रेसको अछाम जिल्ला सभापतिमा पुष्पबहादुर शाह विजयी भएका छन्। दोस्रो चरणको मतदानमा शाहले भरत स्वारलाई पराजित गर्दै सभापतिमा विजयी...
कांग्रेस अछाम सभापतिमा शाह विजयी 

काठमाडौं, फागुन २३ : नेपाली कांग्रेसको अछाम जिल्ला सभापतिमा पुष्पबहादुर शाह विजयी भएका छन्। 

दोस्रो चरणको मतदानमा शाहले भरत स्वारलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । शाहले ७७९ मत पाउँदा स्वारले ७११ मत पाए । 

यसअघि भएको पहिलो चरणको मतदानमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि सोमबार दोस्रो चरणको मतदान भएको थियो।  

शाह सभापति शेरबहादुर देउवा पक्षधर हुन्। 

प्रकाशित मिति: १९:५० बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्