सार्वजनिक बिदामा पनि ट्रायल सुरु गर्न यातायातमन्त्री दाहालकाे निर्देशन
काठमाडाैं, फागुन २३ : बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले सार्वजनिक बिदा दिनमा समेत सवारी साधानको ट्रयाल सुरु गर्न निर्देशन...
काठमाडाैं, फागुन २३ : बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले सार्वजनिक बिदा दिनमा समेत सवारी साधानको ट्रयाल सुरु गर्न निर्देशन दिएका छन्।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र वागमती एकान्तकुना ललितपुरको बारेमा गुनासो आएपछि सोमबार स्थलगत अनुगमन र कर्मचारीसंग छलफल गर्दै मन्त्री दाहालले जनताका गुनासो धेरै आएको भन्दै विदामा समेत ट्रायल सुरु गर्न निर्देशन दिएका हुन्।
आफू यसअघि नै स्थलगत निरीक्षणका लागि आएको बताउदै उनले आफुहरु आएर निर्देशन दिँदा समेत सुधार नआएपछि मिडिया र जनताहरुको गुनासोलाई अन द स्पोट कर्मचारीहरुसँग स्पष्टीकरण र कार्वाही सुरु गरेको बताए। त्यस्तै कर्मचारीबाहेकका व्यक्तिहरु कार्यालय भित्र प्रवेश गरेर चलखेल गरेको विषयमा पनि स्पष्टीकरण सोधेको जानकारी दिए।
सोही अवसरमा मन्त्रालय सचिव नेत्र सुवेदीले यातायताको समस्या हल गर्न डिजिटल प्रणालीलाई थप प्रभावकारी बनाईने बताए।











