Kathmandu Press

माओवादी केन्द्रीय समिति : युवालाई प्राथमिकता

काठमाडाैं, फागुन २३ : माओवादी केन्द्रले पार्टीमा भावी नेतृत्वसमेत तयार पार्ने उद्देश्यले युवालाई प्राथमिकताका साथ केन्द्रीय समितिमा समेटेको छ।काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा...
माओवादी केन्द्रीय समिति : युवालाई प्राथमिकता

काठमाडाैं, फागुन २३ : माओवादी केन्द्रले पार्टीमा भावी नेतृत्वसमेत तयार पार्ने उद्देश्यले युवालाई प्राथमिकताका साथ केन्द्रीय समितिमा समेटेको छ।

काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा माओवादीले विद्यार्थी संगठका पूर्वअध्यक्ष तथा सहायक संगठन वाइसिएल नेपालका अध्यक्षलगायत युवालाई केन्द्रीय समितिमा ल्याएको हो । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा युवा प्रौढ र वृद्ध तिनै उमेर समूहको उचित प्रतिनिधित्व गराउने लक्ष्यका साथ युवालाई विशेष भूमिका दिइएको जानकारी गराउनुभएको थियो। अखिल (क्रान्तिकारी) का ६ जना पूर्वअध्यक्ष केन्द्रीय समितिमा अटाएका छन् । 

गत पुसमा सम्पन्न आठौँ महाधिवेशनमा मनोनित हुन बाँकी केन्द्रीय सदस्यमध्ये आज ९७ जनाको नाम प्रस्ताव गरिएको थियो। केन्द्रीय समितिमा अटाएका युवा नेतामा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा, विजय गौतम रञ्जित तामाङ छन्। यस्तै रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल र सन्तोष विष्टलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ।

यस्तै शैलेन्द्र घिमिरे, दीपक कोइराला, इन्द्र गोतामे, सुदीप कुँवर र सूर्यमान दोङ पनि केन्द्रीय समितिमा समेटिएका छन्। शङ्कर दुलाल, ठाकुर विक, तेजबहादुर मिजार, घनेन्द्र बराइली र पदमबहादुर  केन्द्रीय सदस्य बन्नुभएको छ। 

केन्द्रीय समिति बैठकबाट खुलातर्फ ५५ र समानुपातिकतर्फ ४२ जना गरी ९७ जना केन्द्रीय सदस्य थप गरिएको हो। दलित महिलाका तर्फबाट अनिता परियार, दलित महिला युवा सपना परियार, मुस्लिम पुरुष समूहबाट अतर हुसेन, रजि हैदर, कोहिद अन्सारी, इश्रार खान र मुस्लिम महिलाबाट शेखचाँद तारा केन्द्रीय समितिमा मनोनीत भएका छन्। 

मधेसी पुरुष समूहबाट सूर्यनाथ यादव, अशोक जयसवाल, सत्यनारायण भगत, दिलीप शाह, उमेशकुमार यादव, रामसिंह यादव, राधेश्याम पासवान र शिवराम यादव केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।   

मधेसी महिलाबाट निशा साह, इन्धु शर्मा, तारा महता, रूबी कर्ण, सुनिता महतो अनिता हरिजन र सोनिया यादव, खस आर्य महिला समूहबाट भेषकुमारी रावत, भवानी थापा, कञ्चन खनाल, गंगा दाहाल, कमला नहकी, करूणा बस्नेत र सीता आचार्य केन्द्रीय समितिमा मनोनीत भएका छन्।

केन्द्रीय प्रतिनिधितर्फ खस आर्य पुरुषमा रामनारायण बिडारी, विष्णु सापकोटा, हरि ज्ञवाली, टेकेन्द्र भट्ट, गोपाल शर्मा, खोपबहादुर कँडेल, झलक सिंह, डीपी ढकाल जनजाति पुरुषमा कालीबहादुर मगर, खस आर्य महिलामा सुनिता गौतम, सावित्री बुढाथोकी, सरस्वती न्यौपाने, अमृता नेपाल र कृष्णा केसीलाई मनोनयन गरिएको छ।

प्रकाशित मिति: १७:०८ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्