Kathmandu Press

‘महिला विभेद विरुद्ध’ साहित्यिक तथा सांस्कृतिक बहस

काठमाडौं, फागुन २२ : जनमत साहित्य डटकमले अन्तर्राष्ट्रिय महिला दिवसलाई केन्द्रित गर्दै ‘महिला विभेद’ विषय कार्यक्रम सञ्चालन गरेको छ।‘विभेदविरूद्ध बोलौं, पूर्वाग्रह तोडौं’ नारासहित...
‘महिला विभेद विरुद्ध’ साहित्यिक तथा सांस्कृतिक बहस

काठमाडौं, फागुन २२ : जनमत साहित्य डटकमले अन्तर्राष्ट्रिय महिला दिवसलाई केन्द्रित गर्दै ‘महिला विभेद’ विषयक बहस कार्यक्रम सञ्चालन गरेको छ।

‘विभेदविरूद्ध बोलौं, पूर्वाग्रह तोडौं’ नारासहित शनिबार पाटन संग्रहालय परिसरमा भएको बहस कार्यक्रममा आयोजक जनमत साहित्यक डटकमकी प्रमुख सिर्जना दुवालले स्वागत मन्तव्य राखिन्।

कार्यक्रमको सुरुवातमा 'वाद्य शिरोमणि संगीत घराना'का विद्यार्थीहरूले सांगीतिक प्रस्तुति दिए। साहित्यिक क्षेत्रका महिला स्रष्टाका साथै सांस्कृतिक पत्रकारितामा कलम चलाइरहेका महिला पत्रकारसँग बहस सत्र पनि राखिएको थियो।

कार्यक्रमलाई तीन सत्रमा विभाजन गरिएको थियो। पहिलो सत्रमा ‘नेपाली साहित्यमा लैगिकता’ विषयमा चर्चा भएको थियो। नेपालको महिला मुक्तिको आन्दोलनलाई साहित्यका दृष्टिकोणबाट किन नहेर्ने ? विभेद विरूद्ध नारी साहित्य, नेपाली साहित्यमा लैंगिकताबारे बहस भएको थियो।

डा. ज्ञानु पाण्डे, विमला तुम्खेवा तथा समाश्रीले उक्त विषयक बहसमा आ-आफ्ना धारणा राखेका थिए। पहिलो सत्रलाई सहजिकरण अस्मिता मानन्धरले गरेकी थिइन्।

त्यस्तै, दोस्रो सत्र भने, ‘सम्पदा संरक्षण र अध्ययनमा सांस्कृतिक पत्रकारिताको चर्चा’ विषयक छलफलमा थियो। सांस्कृतिक पत्रकारिताको स्थिति, इतिहास, मूर्त-अमूर्त सम्पदाका संरक्षण तथा संचारकर्मीले भोगिरहेका समस्याबारे चर्चा भएको थियो।

पाटन संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेसँगै नेपाल भ्युजकी सुनिता साखकर्मी, काठमाडौँ प्रेसकी प्रबिता श्रेष्ठ, बाह्रखरी डटकमकी वर्षा महर्जनको सहभागिता थियो। बाह्रखरीकी वर्षा महर्जनले सत्रको सहजकर्ता रुपमा सत्रलाई अघि बढाएकी थिइन्। 

त्यस्तै, तेस्रो संस्करणमा भने विभिन्न महिला कवियत्रीबाट नेपाली, अंग्रेजी, नेपाल भाषा तथा मैथिली भाषामा करिब डेढ दर्जन कविता वाचन भएको थियो। साथै, कार्यक्रममा आयोजकका तर्फबाट सहभागीहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो। 

आई ओपनर मिडिया प्रालि तथा याक इन्टरपेनर ट्रेनर्सको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन नानी थापाले गरेकी थिइन्।

कार्यक्रममा जनमत मासिकका प्रधानसम्पादक मोहन दुवाल, ललितपुर महानगरपालिका-१६ का अध्यक्ष तथा गतिकार निर्मलरत्न शाक्य, नेपाल भ्युजका प्रधानसम्पादक राजाराम गौतम अतिथिका रूपमा उपस्थित थिए। 

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्