सेयर कारोबार तोकिएको समयभित्र सेटलमेन्ट नभए कारबाही गर्ने चेतावनी
काठमाडाैं, फागुन २३ : धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश हमालले काराबार भएको दुई दिनपछि (टी प्लस टु) मा राफसाफ नभए ब्रोकरलाई...
काठमाडाैं, फागुन २३ : धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश हमालले काराबार भएको दुई दिनपछि (टी प्लस टु) मा राफसाफ नभए ब्रोकरलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हमालले सेयर कारोबार तोकिएको समयभित्र सेटलमेन्ट नभए तत्काल कारबाही गर्ने चेतावनी दिएका हुन्।
उनले अब साना लगानीकर्ता ठगिने अवस्था आउनु नहुने भन्दै लगानीकर्ताले दिएको रकम ब्रोकरले अन्तै लगानी गर्न नहुने पनि स्पष्ट पारे।
हमालले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको भन्दै नेपालमा पनि यसलाई प्रभावकारी कार्यान्वयन गर्ने बताए।
हमालले आफूहरुले लगानीकर्ताको गुनासो सुन्ने एप छिट्टै बनाउने जानकारी दिए। पत्रकार सम्मेलनमा उनले आफ्नो लामो अनुभवका आधारमा धितोपत्र बजारको विकास र विस्तारमा आफ्नो कार्यकाल सफल बनाउने आश्वासन दिए।
आफू बोर्डमा सेटिङमा आएको भन्ने व्यक्तिहरुको पछाडि आफू नलाग्ने उनले बताए।











