Kathmandu Press

रेखा थापालाई गालीगलौज गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

काठमाडौं, फागुन २३ : अभिनेत्री रेखा थापालाई जथाभावी गालीगलौज गरेको आरोपमा सामाजिक अभियन्ता भन्न रुचाउने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ।नेपाल प्रहरीको केन्द्रीय साइबर...
रेखा थापालाई गालीगलौज गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

काठमाडौं, फागुन २३ : अभिनेत्री रेखा थापालाई जथाभावी गालीगलौज गरेको आरोपमा सामाजिक अभियन्ता भन्न रुचाउने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई सोधपुछका लागि भन्दै आज (सोमबार) पक्राउ गरेको हो।

वाइबाविरुद्ध अभिनेत्री रेखाका तर्फबाट उनकी दिदी तारा थापाले गत शुक्रबार साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै वाइबाले अभिनेत्री थापालाई गालीगलौज गरिएको उजुरीमा उल्लेख छ।

प्रकाशित मिति: १५:४७ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्