Kathmandu Press

माओवादीको केन्द्रीय सदस्यमा ९७ जना मनोनित 

मनोनित हुनेहरुमा प्रचण्डकी छोरी गंगा दाहालदेखि स्वकीय सचिव रमेश मल्ल रहेका छन्। 
माओवादीको केन्द्रीय सदस्यमा ९७ जना मनोनित 

काठमाडौं, फागुन २३ : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले ९७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। गौशालास्थित अनुपम फुडल्याण्डमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्। 

थप गरिएको केन्द्रीय सदस्यसँगै माओवादीको केन्द्रीय समिति ३४४ सदस्यीय बनेको छ। यसअघि पुसमा भएको महाधिवेशन बाट २४७ केन्द्रीय सदस्य चयन गरेको थियो। सोही कमिटीले प्रचण्डलाई पुनः अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो। 

सोमबार मनोनित हुनेहरुमा प्रचण्डकी छोरी गंगा दाहालदेखि स्वकीय सचिव रमेश मल्ल रहेका छन्। 
 

प्रकाशित मिति: १५:१३ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्