नेपाल बारको अध्यक्षमा डिएलएबाट घिमिरे उम्मेदवार
काठमाडाैं, फागुन २३ : आसन्न नेपाल बार एसोसिएसनको केन्द्रीय निर्वाचनका लागि डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई अध्यक्ष पदमा उठाउने...
काठमाडाैं, फागुन २३ : आसन्न नेपाल बार एसोसिएसनको केन्द्रीय निर्वाचनका लागि डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई अध्यक्ष पदमा उठाउने निर्णय गरेको छ।
घिमिरेले गत मंसिरमा सम्पन्न नेपाली कांग्रेसकाे १४औं महाधिवेशनका लागि मुख्य निर्वाचन अधिकृतका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए।
उनी फौजदारी कानुनका विज्ञ मानिन्छन्। भारतको पुणेबाट फैजदारी विधिशास्त्रमा एलएलएम गरेका घिमिरे डिएलएका पूर्वअध्यक्षसमेत हुन्।
उनले लोकतान्त्रिका जनआन्दोनका बेला नेपाल बारको केन्द्रीय सदस्यका रूपमा भूमिका निर्वाह गरेका थिए।
सत्ता घटक गठबन्धनका तर्फबाट अध्यक्षका प्रतिस्पर्धी रहेकाे जनाइएकाे छ। यता प्रगतिशील समूहका तर्फबाट एमालेले भने अध्यक्षकाे टुंगाे लगाउन बाँकी छ।
नेपाल बारको केन्द्रीय निर्वाचन आगामी चैत १९ गते हुँदैछ। निर्वाचनका लागि ३५ वटा केन्द्र ताेकिएकाे छ। निर्वाचनका लागि कुल मतदाता ९ हजार ६ सय रहेकाे जनाइएकाे छ।











