Kathmandu Press

नोबेल मेडिकलका अनशनरत १० विद्यार्थीलाई पढ्ने वातावरण बनाउन निर्देशन

काठमाडौं, फागुन २३ : प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एक साताभित्र नोबेल मेडिकल कलेज विराटनगरमा अनशनरत १० विद्यार्थीलाई पढ्ने वातावरण मिलाउन सरकारलाई निर्देशन...
नोबेल मेडिकलका अनशनरत १० विद्यार्थीलाई पढ्ने वातावरण बनाउन निर्देशन

काठमाडौं, फागुन २३ : प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एक साताभित्र नोबेल मेडिकल कलेज विराटनगरमा अनशनरत १० विद्यार्थीलाई पढ्ने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको छ। 

आज (सोमबार) सिंहदरबारमा बसेको समितिको बैठकले यही फागुन २५ गतेभित्र ढिलोमा आगामी एक साताभित्र उनीहरूलाई पढ्न सक्ने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो।

सभापति जयपुरी घर्तीले समितिको निर्णय सुनाउँदै आगामी तीन महिना कलेजले अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीहरुको कोर्स पूरा गरिदिनुपर्ने बताइन्। कलेजले कानुनी रूपमा विद्यार्थीका माग पूरा गर्न नमाने अर्को कलेजमा पढ्ने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ।

सभापति घर्तीले हरेक मेडिकल कलेजले चिकित्सा शिक्षा ऐनलाई कार्यान्वयन गरेर विद्यार्थीको भविष्यलाई उज्यालो बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिइन्।

बैठकले तीन महिना पढाइ छुटेका विद्यार्थीलाई पुनः कक्षा सञ्चालन गर्न कलेजलाई निर्देशन दिएको छ। समिति सभापति घर्तीले कलेजले छात्रावास र अनेक बहानामा अतिरिक्त शुल्क लिने गरेको बताइन्। उनले तत्काल चिकित्सा शिक्षा आयोग, कलेज र जिल्ला प्रशासनसँग समन्वय गरेर विद्यार्थीलाई पढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन्। उनले मेडिकल कलेजले कानुनले तोकेको भन्दा बढी नै शुल्क लिने गरे तापनि नियन्त्रण गर्न कठिनाइ भएको बताइन्।

बैठकमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरीले एमबिबिएस अध्ययनका लागि अतिरिक्त शुल्क लिएको र विद्यार्थीलाई अनावश्यक तनाव दिएको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिए।

उनले कलेजको एमबिबिएस कोटा घटाउने, कोटा खारेज गर्ने तथा सम्बन्धन खारेज गर्ने जस्ता कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको बताए। उनले आगामी बोर्ड बैठकले कारबाहीबारे निर्णय गर्ने धारणा राखे।

त्यस्तै समिति सदस्य जीवनराम श्रेष्ठले मानसिक त्रास नहुने गरी पढ्ने वातावरण बनाउनुपर्ने र गलत काम गर्ने कलेजलाई कारबाही हुनुपर्ने बताए।

त्यस्तै सांसद नविना लामाले विद्यार्थीको समस्याबारे आयोग संवेदनशील हुनुपर्ने धारणा राखिन्।

प्रकाशित मिति: १३:५१ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्