Kathmandu Press

राष्ट्रपतिद्वारा शोक व्यक्त

काठमाडौँ, फागुन २३ : राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता कृष्णराज वर्माको निधनबाट आफू मर्माहत भएको बताउँदै दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।...
राष्ट्रपतिद्वारा शोक व्यक्त

काठमाडौँ, फागुन २३ : राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता कृष्णराज वर्माको निधनबाट आफू मर्माहत भएको बताउँदै दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै उनले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्। 
    
‘वरिष्ठ वामपन्थी नेता एवं किसान आन्दोलनका अगुवा कृष्णराज वर्माको निधनको खबरले म दुःखी भएको छु । दिवङ्गत नेता वर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा उहाँको योगदान चिरस्मरणीय रहनेछ,’ राष्ट्रपतिले ट्वीट गर्दै भनेका छन्। 

वरिष्ठ वामपन्थी नेता वर्माको ९३ वर्षको उमेरमा आइतबार अपराह्न निधन भएको थियो।  

प्रकाशित मिति: १२:४२ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्