Kathmandu Press

ललितपुरको नल्लुमा २ दिनकाे शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु 

मृत फेला परेकाहरुमा ५५ वर्षीय काँइली स्याङतान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीया शुष्मा स्याङतान र ७ वर्षीया आष्मा स्याङतान रहेको प्रहरीले जनाएको छ। 
ललितपुरको नल्लुमा २ दिनकाे शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु 

काठमाडौं, फागुन २३ : ललितपुरको नुल्लुमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । सोमबार बिहान जिल्लाको कोञ्जोस्योम गाउँपालिका–४ स्थित एक घरमा ४ जना मृत फेला परेका हुन्।

महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकोमा दुई दिने शिशुको मृत्यु भएको छ। 

मृत फेला परेकाहरुमा ५५ वर्षीय काँइली स्याङतान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीया शुष्मा स्याङतान र ७ वर्षीया आष्मा स्याङतान रहेको प्रहरीले जनाएको छ। 

घरमुली  शुभ स्याङ्तानको भने पाटन अस्पतालमा उपचार भइरहेको बताइएको छ। उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।  

स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर भएको थियो । घटनाबारे अनुसन्धान गर्नका लागि फरेन्सिक टोली सहित जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी प्रमुख यज्ञविनोद पोखरेल घटनास्थल पुगेका छन्। 

प्रकाशित मिति: १२:३१ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्