Kathmandu Press

पेसावरको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

पेसावरको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

इस्लामाबाद, फागुन २३ : संयुक्त राष्ट्रसंघले पाकिस्तानको पेसावरमा हालै भएको हिंसात्मक हमलाको निन्दा गरेको छ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो हत्याको निन्दा गर्नुका साथै त्यसमा संलग्न दोषीाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताएको हो।

यस्ता अपराधहरु अब कदापि नदोहोर्‍याउन र आगामी दिनमा यस्ता अपराधमा संलग्न हुनेहरुलाई कडा कारबाही गरी नागरिकको शान्तिपूर्वक बाँच्न पाउने अवस्थाको सिर्जना गर्न सो विज्ञप्तिमा आग्रह गरिएको छ।

पाकिस्तानको उत्तर पश्चिमी पेसावर शहर खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा गएको शुक्रबार आतंककारीहरुले भीषण बम हमला गरेका थिए । सो  शक्तिशाली विस्फोटमा परी दर्जनौँ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

पेसावरका प्रहरी परिचालन प्रमुख वरिष्ठ सुपरिटेन्डेन्ट हरुन राशेदले सिन्ह्वासँग बताए अनुसार दुई जना आतंककारीले मस्जिदमा प्रवेश गर्न खोजेको र त्यहाँ ड्युटीमा रहेका प्रहरी कर्मचारीसँग भएको तनावपछि आत्मघाती आक्रमण गरेका थिए।

पाकिस्तानका अधिकारीले यो सर्वसाधारणलाई लक्षित गरी गराएको आत्मघाती बम विस्फोट भएको बताएका छन्। प्रत्यक्षदर्शी मश्ताक खानले प्रार्थनाको समयमा विस्फोट भएको र मस्जिदको दुई तले भवनमा ठूलो संख्यामा उपासकहरू उपस्थित भएको बताए।

प्रकाशित मिति: १२:०० बजे, सोमबार, फागुन २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्