Kathmandu Press

आफ्ना नागरिकलाई रुस यात्रा नगर्न जापानकाे चेतावनी

आफ्ना नागरिकलाई रुस यात्रा नगर्न जापानकाे चेतावनी

टाेकियाे, फागुन २३ : जापानी विदेश मन्त्रालयले युक्रेनका घटनाहरूलाई लिएर देशमा लगाइएको प्रतिबन्धका बीच आफ्ना नागरिकहरूलाई रुसको यात्रा नगर्न सल्लाह दिएको छ।

विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर बढाएको छ ९ूस्तर ३ू०, जापानी नागरिकहरूलाई जुनसुकै उद्देश्यले भए पनि रुसको भ्रमण नगर्न आग्रह गरेको छ। युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रहरूका लागि शीर्ष 'स्तर ४' को चेतावनी दिइएको छ।

Hardik ivf

जापानी विदेश मन्त्रालयले रुसमाथि लगाइएको प्रतिबन्धलाई 'अझै बलियो' बनाउन सकिने बताएको छ। मन्त्रालयको तथ्यांकअनुसार हाल रुसमा २ हजार ४ सय जापानी नागरिक रहेका छन्।

डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपिआर) ले किभ सेनाहरू विरुद्ध आफ्नो रक्षा गर्न मद्दतका लागि अपिल गरेपछि फेब्रुअरी २४ मा रूसले युक्रेनमा विशेष सैन्य अपरेसन शुरु गर्यो। रुसले आफ्नो विशेष अपरेसनको उद्देश्य  (अ) सैनिकीकरण गर्नु रहेको बताएको छ ।

रुसको अपरेशनको प्रतिक्रियामा, पश्चिमी देशहरूले मस्को विरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् जसमा धेरै रूसी अधिकारीहरू, संस्थाहरू, मिडिया, र वित्तीय संस्थाहरूलाई लक्षित गर्ने हवाई क्षेत्र बन्द गर्ने र प्रतिबन्धात्मक उपायहरू समावेश छन्।

प्रकाशित मिति: ११:५७ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्