Kathmandu Press

१५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ 

काठमाडौं, फागुन २३ : अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७...
१५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ 

काठमाडौं, फागुन २३ : अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षक रहेको प्रहरीले जनाएको छ। विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घखाँचीको टोलीले उनलाई पक्राउ गरेको हो। 

ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा र त्यसपछि पटकपटक जबरजस्ती करणी गरी गर्भपतनसमेत गराएको जाहेरी परेपछि नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए। 

प्रकाशित मिति: ११:०८ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्