Kathmandu Press

एकीकृत समाजवादीको पोलिट ब्युरो बैठक बस्दै

काठमाडौं, फागुन २३ : नेकपा (एकीकृत समाजवादी) को पोलिट ब्युरो बैठक आज बस्न लागेको छ।काठमाडौंको बानेश्वरस्थितमा बिहान ११ बजे बैठक बस्ने सचिव जीवनराम...
एकीकृत समाजवादीको पोलिट ब्युरो बैठक बस्दै

काठमाडौं, फागुन २३ : नेकपा (एकीकृत समाजवादी) को पोलिट ब्युरो बैठक आज बस्न लागेको छ।

काठमाडौंको बानेश्वरस्थितमा बिहान ११ बजे बैठक बस्ने सचिव जीवनराम श्रेष्ठले बताए।

आगामी स्थानीय तहको निर्वाचन र अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताको पक्षमा उभिएपछि उत्पन्न परिस्थिति, गठबन्धनको भविष्यलगायत समसामयिक विषयमा छलफल हुने उनले बताए।

यससँगै एकीकृत समाजवादीले केन्द्रीय समिति बैठक पनि बोलाएको छ। केन्द्रीय समिति बैठक फागुन २५ र २६ गते बस्ने भएको छ।

प्रकाशित मिति: ०८:०८ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्