Kathmandu Press

पदाधिकारी चयन गर्न माओवादी केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, फागुन २३ : नेकपा (माओवादी केन्द्र)को आइतबार स्थगित भएको केन्द्रीय समिति बैठक आज बस्दै छ।माओवादी केन्द्रीय समिति बैठक आइतबार बिहान बोलाइएको थियो।...
पदाधिकारी चयन गर्न माओवादी केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, फागुन २३ : नेकपा (माओवादी केन्द्र)को आइतबार स्थगित भएको केन्द्रीय समिति बैठक आज बस्दै छ।

माओवादी केन्द्रीय समिति बैठक आइतबार बिहान बोलाइएको थियो। त्यसपछि दिउसो २ बजेसम्मका लागि सारिएको थियो। हिजो बस्न नसकेपछि आजलाई सारिएको हो।

आज बिहान ११ बजे अनुपम फुडल्यान्डमा बैठक बस्न लागेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए।

शुक्रबारदेखि सुरु भएको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौताबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए। त्यसपछि स्थगित भएको थियो।

आजको बैठकमा पदाधिकारी चयन गर्ने तयारी छ। पदाधिकारी चयन, पोलिट ब्युरो र स्थायी समिति गठन, केन्द्रीय सदस्यको मनोनयन लगायतका अजेन्डा रहेको कार्यालय सचिव ढकालले जानकारी दिए।

माओवादीको आठौं महाधिवेशन पुस ११ देखि १३ गतेसम्म भएको थियो। त्यसबाट अध्यक्षमा प्रचण्ड तथा केन्द्रीय सदस्य चयन भएका थिए।

माओवादीमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। अध्यक्ष बाहेक १४ पदाधिकारी केन्द्रीय समिति बैठकबाट चयन गरिने भएको छ।

 

प्रकाशित मिति: ०७:२३ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्