Kathmandu Press

हुण्डी कारोबारमा डेढ करोड सहित दुई जना पक्राउ

काठमाडौं, फागुन २३ : हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट डेढ करोड रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ।गएराति काठमाडौंको बाफलबाट अमित अग्रवाल...
हुण्डी कारोबारमा डेढ करोड सहित दुई जना पक्राउ

काठमाडौं, फागुन २३ : हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट डेढ करोड रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ।

गएराति काठमाडौंको बाफलबाट अमित अग्रवाल र उनका सहयोगीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले बताए। महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा प्रहरी गएराति उनको घरमा पुगेको थियो। यसमा थप अनुसन्धान भइरहेको पालले बताए।

प्रकाशित मिति: ०६:५९ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्