आफ्नै पार्टीप्रति एमालेका नेता भीम रावलको आक्रोश
काठमाडौं, फागुन २२ : नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीको संसदीय भूमिकाप्रति आक्रोश पोखेका छन् ।उनले सामाजिक सञ्जाल ट्विटरमार्फत धारणा सार्वजनिक गर्दै...
काठमाडौं, फागुन २२ : नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीको संसदीय भूमिकाप्रति आक्रोश पोखेका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत धारणा सार्वजनिक गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग सिफारिस समितिमा सहभागिता जनाएकोबारे टिप्पणी गरेका हुन् ।
आइतबार प्रतिनिधि सभाले गठन गरेको महाभियोग सिफारिस समितिमा विष्णु पौडेलसहित एमालेका चार सांसद पनि अटाएपछि रावलको यस्तो प्रतिक्रिया आएको हो ।
‘नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित एमसीसी सम्झौताबारे संसद्मा बोल्न नहुने तर प्रधानन्यायाधीश चोलेन्द्रविरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति होरु कसरी बुझ्नेरु संसद् अवरोध के भयो त अब ? , रावलले सामाजिक सञ्जाल ट्विटरमा प्रश्न गर्दै लेखेका छन् ।











