Kathmandu Press

रुस–यूक्रेन युद्धमा कसैलाई उक्साउनु गलत हुने चीनको भनाइ

रुस–यूक्रेन युद्धमा कसैलाई उक्साउनु गलत हुने चीनको भनाइ

बेइजिङ, फागुन २२ : चीनले रुस र यूक्रेन युद्धलाई धेरै नभड्काउन यूरोप अमेरिकासहित विश्व समुदायलाई आग्रह गरेको छ।

चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसंगको टेलिफोन वार्ताका क्रममा युद्धले यूक्रेनलाई सङ्कटमा धकेलेको भन्दै युद्धलाई थप बल दिने कुनै पनि गतिविधि गर्नु गलत हुने बताए।

चिनियाँ दैनिक ग्लोबल टाइम्सका अनुसार विदेशमन्त्री यीले आफूहरु रुस र युक्रेनबीच सिधा वार्ताको पक्षमा रहेको भन्दै संवादबाट मात्रै समस्या समाधान हुने प्रष्ट पारेका छन। रुसको निकट सहयोगीका रुपमा रहँदै आएको चीनले यूक्रेनमाथि रुसी आक्रमणबारे ओपचारिक रूपमा पक्ष वा विपक्षमा कुनै प्रतिक्रिया दिएको छैन।

चीन, भारत र संयुक्त राज्य इमिरेट्स राष्ट्रसंघमा यूक्रेन युद्धलाई लिएर भएका महत्वपूर्ण मतदानमा अनुपस्थित भएका थिए। चीन यूरोपमा युद्धको पक्षमा नरहेको भएपनि तर उसको रूससँगको सैन्य सहकार्य पनि बलियो बनाउन चाहन्छ।

चिनियाँ विदेशमन्त्री यीले रूस र युक्रेनबीच इमान्दार वार्ता गराउन र रुसको सुरक्षा चासो सम्बोधन गर्न अमेरिका, नेटो र युरोपियन युनियनलाई आग्रह गर्नुभएको पनि ग्लोबल टाइम्सले जनाएको छ।

प्रकाशित मिति: १९:१५ बजे, आइतबार, फागुन २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्