एकीकृत कृषि बजार भवन हस्तान्तरण
बैतडी, फागुन २२ : स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई सहजरूपमा बजारीकरण गर्न बैतडीको पाटनमा एकीकृत कृषि बजार भवन निर्माण गरिएको छ। कृषि व्यवसाय प्रवद्र्धन...बैतडी, फागुन २२ : स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई सहजरूपमा बजारीकरण गर्न बैतडीको पाटनमा एकीकृत कृषि बजार भवन निर्माण गरिएको छ। कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरले ठेक्कामार्फत भवन निर्माण गरेको हो। ३६ लाख ५१ हजार रूपैयाँको लागतमा भवन निर्माण कार्य सम्पन्न गरिएको जनाएको छ।
किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरण गर्न सजिलो होस् भनेर भवन निर्माण गरिएको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरका प्रमुख टीकाराम थापाले बताए। उक्त भवनको एक कार्यक्रमको आयोजना गरेर भवन नगरस्तरीय कृषि बजार तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ। नगरपालिकाको रोहबरमा समितिलाई भवन हस्तान्तरण गरिएको हो।
भवन हस्तान्तरण कार्यक्रममा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरी, पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो। भवन निर्माण भएपछि किसानले उत्पादन गरेको तरकारी, फलफूललगायत उपजहरुलाई एकीकृतरूपमा बजारीकरण गर्न सहज हुने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चौधरीले बताए।