Kathmandu Press

रूसमा पनि यूक्रेनविरूद्धको रूसी आक्रमणको विरोध, एक हजार १०० भन्दा रूसी नागरिक पक्राउ

मस्को, फागुन २२ : यूक्रेनमा मस्कोले गरेको सैन्य परिचालनको विरोधमा आइतबार भएको प्रदर्शनमा रूसी सहरहरूबाट एक हजार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको...
रूसमा पनि यूक्रेनविरूद्धको रूसी आक्रमणको विरोध, एक हजार १०० भन्दा रूसी नागरिक पक्राउ

मस्को, फागुन २२ : यूक्रेनमा मस्कोले गरेको सैन्य परिचालनको विरोधमा आइतबार भएको प्रदर्शनमा रूसी सहरहरूबाट एक हजार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ। आक्रमण सुरु भएको एक हप्तापछि एक युद्ध अनुगमनकारी रूसी संस्थाले जनाएको हो।

विपक्षीको विरोधमा बन्दी प्रत्यक्षीकरण को निगरानी गर्ने ओभिडी–इन्फोले स्थानीय समय अनुसार आइतबार करिब २ः२० बजे रूसको विभिन्न ३५ शहरहरूमा एक हजार १०३ जनालाई थुनामा राखिएको बताएको छ।

Hardik ivf

सबैभन्दा धेरै व्यक्ति साइबेरियाको नोवोसिबिस्र्क शहर र उराल्सको येकाटेरिनबर्गमा पक्राउ गरिएको हो।

दङ्गा प्रहरीले देशको सबैभन्दा ठूलो शहर मस्को र सेन्ट पिटर्सवर्गका चोकहरूमा भेला भएका प्रदर्शनकारीहरूलाई पनि पक्राउ गरेका थियो।

रूसको प्रमुख मानव अधिकार समूह, मेमोरियलले बताएअनुसार यसका एक प्रमुख कार्यकर्ता ओलेग ओर्लोभलाई प्लेकार्डसहित प्रदर्शन गर्दा मस्कोको मानेश्नाया प्लास्चाद चोकबाट पक्राउ गरिएको थियो।

रुसी प्रहरीले आइतबार अवैध प्रदर्शन गर्ने सबै प्रयास ‘तत्काल दबाउने’ र आयोजक र सहभागीले आरोपको सामना गर्ने चेतावनी दिएको थियो। बन्दीगृहले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा फेब्रुअरी २४ देखि हालसम्ममा यूक्रेनबारे रूसी सरकारले लिएको कदमविरूद्ध आइतबार करिब १०,००० जना प्रदर्शनकारीहरू भेला भई पूटिनको कदमको विरोध गरेका थिए।

सरकारी निर्णयको विरोधमा प्रदर्शन गर्ने समूह वा व्यक्तिविरूद्ध कडा कारबाही गर्न राष्ट्रपति भ्लादिमिर पूटिनले युक्रेनी सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए।

पूटिनले शुक्रबार रूसी सेनाको बारेमा ‘भ्रामक समाचार’ प्रकाशित गरेकोमा १५ वर्षसम्म जेल सजाय गर्ने विधेयकमा हस्ताक्षर गरेका थिए।

प्रकाशित मिति: १९:०२ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्