Kathmandu Press

किसानको जीवनमा सुधार नभएसम्म देशको अर्थतन्त्र मजबुत हुँदैन : मन्त्री यादव

किसानको जीवनमा सुधार नभएसम्म देशको अर्थतन्त्र मजबुत हुँदैन : मन्त्री यादव

काठमाडाैं, फागुन २२ :  कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले किसानको जीवनमा सुधार नभएसम्म देशको अर्थतन्त्रको सुधार हुन नसक्ने बताएका छन्।

युटर्न इन्टरनेसन प्रालिको दाेश्रो स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री यादवले ६५ प्रतिशत किसानहरुलाई अझै पनि जिविकोपार्जनका लागि समस्या भएको भन्दै किसानको जीवनमा सुधार नभएसम्म देशको अर्थतन्त्रको सुधार हुन नसक्ने बताएका हुन्।

उनले कृषिमा दुई दशमलव ७ प्रतिशत मात्रै बजेट छट्टाइएको भन्दै यसले कृषि क्षेत्रको बिकास गर्न कठिन भएको धारणा राखे। किसानलाई आत्मनिर्भर बनाउन यस क्षेत्रको बजेट बढाउनुपर्ने उहाको भनाइ छ।

त्यस्तै उनले देशको आवश्यकतालाई धान्न खण्डीकृत कृषि नभई सामूहिक कृषि गर्नुपर्नेमा जोड दिदै यसका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई रु. ५० हजार प्रदान गरिएको थियो। 

प्रकाशित मिति: १८:२३ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्