Kathmandu Press

आगलागीबाट २ वटा टहरा पूर्ण रुपमा क्षति, ७ घरमा आंशिक क्षति

काठमाडौं, फागुन २२  : तनहुँको ब्यास नगरपालिका ४ स्थित भुपाल हार्डवेयर पसलमा आइतबार बिहान आगलागी हुँदा २ वटा टहरा पूर्ण रुपमा क्षति र...
आगलागीबाट २ वटा टहरा पूर्ण रुपमा क्षति, ७ घरमा आंशिक क्षति

काठमाडौं, फागुन २२  : तनहुँको ब्यास नगरपालिका ४ स्थित भुपाल हार्डवेयर पसलमा आइतबार बिहान आगलागी हुँदा २ वटा टहरा पूर्ण रुपमा क्षति र ७ वटा घर आंशिक क्षति भएको छ । 

आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ लगायतका प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी, सिम्रिक एयरको हेलिकप्टर, ६ वटा दमकल, १३ वटा पानी ट्याङ्कर, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल समेतबाट खटिएको टोली एवं स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । 

आगलागीबाट भएको क्षतिको यकिन विवरण हाल खुल्न सकेको छैन । 
 

प्रकाशित मिति: १८:२३ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्