गृह जिल्लाको आगलागी घटनाले कांग्रेस नेता पौडेल दुखी
काठमाडौं, फागुन २२ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो गृह जिल्ला तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा आइतबार बिहान भएको आगलागीको घटनाप्रति...
काठमाडौं, फागुन २२ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो गृह जिल्ला तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा आइतबार बिहान भएको आगलागीको घटनाप्रति दुख व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दमौलीस्थित भुपाल हार्डवेयरमा आगलागी भएको खबरले आफूलाई अत्यन्तै दुखी बनाएको र आगलागीबाट ठूलो क्षति भएको समेत उल्लेख गरेका हुन् ।
पौडेलले आगलागीबाट पिडित दमौलीबासी साथीहरुप्रति सहानुभूती जनाउदै केन्द्र, प्रदेश र स्थानीय सरकारलाई यथाशीघ्र क्षतिपूर्तीको व्यवस्था गर्न आग्रह समेत गरेका छन् ।
प्रकाशित मिति: १८:१६ बजे, आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











