Kathmandu Press

सून आयातमा कडाई : अब दैनिक १० किलोमात्र ल्याउन पाइने (निर्देशनसहित)

काठमाडौं, फागुन २२ : नेपाल राष्ट्र बैंकले सुन आयातमा थप कडाई गरेको छ। आइतबार एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले अब दैनिक १० किलोमात्र...
सून आयातमा कडाई : अब दैनिक १० किलोमात्र ल्याउन पाइने (निर्देशनसहित)

काठमाडौं, फागुन २२ : नेपाल राष्ट्र बैंकले सुन आयातमा थप कडाई गरेको छ। आइतबार एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले अब दैनिक १० किलोमात्र सुन आयात गर्न पाउने जानकारी दिएको छ। यसअघि प्रतिदिन २० किलोग्राम सुन आयात गर्न सकिने प्रावधान थियो। 

राष्ट्रबैंकले जारी गरेको निर्देशनमा सुन आयात गर्न इजाजत प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकहरुलाई दैनिक १० किलोग्राम भन्दा बढी सुन आयात नगर्न निर्देशन गरेको हो। 

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायलाई आजै परिपत्र गरी सुन विक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा ९४० लाई संशोधन गरिएकाले सोही बमोजिम गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति: १७:०५ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्