Kathmandu Press

देशभर थपिए ६८ संक्रमित, दुईको मृत्यु

काठमाडाैं, फागुन २२ : नेपालमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ३ हजार १ सय ३५ पिसिआर परिक्षणका क्रममा ५४ जना...
देशभर थपिए ६८ संक्रमित, दुईको मृत्यु

काठमाडाैं, फागुन २२ : नेपालमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ३ हजार १ सय ३५ पिसिआर परिक्षणका क्रममा ५४ जना र १ हजार ७ सय ९४ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ।

त्यस्तै थप ५ सय ३८ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ४ सय ६१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १६:४५ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्