‘अर्ली इलेक्सन’को बहस स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र : नेम्वाङ
काठमाडाैं, फागुन २२ : एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अचानक ‘अर्ली इलेक्सन’को बहस स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र हुन सक्ने बताएका छन्।आज...
काठमाडाैं, फागुन २२ : एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अचानक ‘अर्ली इलेक्सन’को बहस स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र हुन सक्ने बताएका छन्।
आज (आइतबार) को प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले सदैव संसदीय प्रणालीमा विश्वास गर्ने पार्टी भएको स्पष्ट पार्दै उनले यसलाई स्थापित गर्न सदनमा विरोध जनाएको जिकिर गरे। नेम्वाङले महाभियोगको प्रक्रियालाई ठिक ढंगले निष्कर्षमा पुर्याउन समितिमा नाम दिएको उल्लेख गरे।
‘महाभियोगको प्रक्रियालाई सही ढंगले निष्कर्षमा पुर्याउन संसद सचिवालयलाई नाम दिएका हौं, संसदका समितिका बैठकहरूमा हाम ि अहिले पनि भाग लिइरहेका छौं, आजबाट संसदीय प्रक्रियामा सहभागी भएको भन्ने कुरा होइन,’ उनले भने।
सत्ता पक्षले प्रमुख प्रतिपक्षीलाई हेरेर कुनै निर्णय नगरेको उनको भनाइ थियो। हिजो एमाले नेतृत्वको सरकारले संसद विघटन गर्दा प्रतिगमन भनेर विरोध जनाउनेहरूले अचानक ‘अर्ली इलेक्सन’को कुरा गर्दा आश्चर्य लागेको उनले बताए।











