Kathmandu Press

पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति 

अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति 

काठमाडौं, फागुन २२ : अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। यसअघि ७ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको तनहुँ प्रहरीले थप समयका लागि पललाई अदालत उपस्थित गराएको थियो। 

अदालतले घटनाको अनुृसन्धानका लागि पललाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज खड्काले जानकारी दिएका छन्।

१७ वर्षीया किशोरीले आफूमाथि पटक–पटक बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा फागुन ११ गते जाहेरी दिएपछि शाह पक्राउ परेका हुन् । 

शाह फागुन १५ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए ।
 

 

प्रकाशित मिति: १५:४२ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्