Kathmandu Press

महाभियोग सिफारिस समितिमा नाम दिए पनि संसद अवरोध जारी रहन्छ : एमाले

काठमाडौं, फागुन २२ एमालेले संसद्‌मा जारी अवरोधलाई आगामी बैठकहरुका पनि निरन्तरता दिने बताएको छ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका सन्दर्भमा बनेको...
महाभियोग सिफारिस समितिमा नाम दिए पनि संसद अवरोध जारी रहन्छ : एमाले

काठमाडौं, फागुन २२ : एमालेले संसद्‌मा जारी अवरोधलाई आगामी बैठकहरुका पनि निरन्तरता दिने बताएको छ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका सन्दर्भमा बनेको  ‘महाअभियोग सिफारिस समिति’मा चारजनाको नाम पठाए पनि आफ्ना माग पूरा नभएसम्म अवरोध भने जारी राख्ने बताएको हो। 

आज (आइतबार) को प्रतिनिधिसभा बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई महाअभियोग सिफारिस समितिमा सहभागी बन्नुलाई संसद्‌मा जारी अवरोधसँग जोडेर हेर्न नमिल्ने बताएका हुन्। 

‘हामी संसदीय समितिका गतिविधिमा सहभागी हुँदै आएका छौं। त्यसकारण महाभियोग सिफारिस समितिमा सहभागिता जनाएका हौं,’ उनले भने, ‘महाभियोग सिफारिस समितिमा सहभागी भएको विषयलाई संसद् अवरोध प्रक्रिसँग जोड्न मिल्दैन। संसद अवरोध जारी राहन्छ। संसदीय समितिका गतिविधि र संसद् अवरोध बेग्लै कुरा हुन्।’ 

आज प्रतिनिधिसभा बैठक जबराबिरुद्ध महाभियोग लगाउने वा खारेज गर्ने विषयमा सिफारिस गर्न गठित ११ सदस्यीय समितिमा एमालेले चारजनाजनाको नाम दिएपछि सो पार्टीले संसदमा गर्दै आएको अवरोध पनि हट्ने आशा गर्न थालिएको छ। 

सत्तारुढ गठबन्धनका नेताहरूले एमाले संसदीय पक्रियामा सहभागी भइसकेको र अब संसदमा कायम गतिरोध अन्त्य हुने बताउन थालेका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकले गठन गरेको ११ सदस्यीय महाअभियोग सिफारिस समितिमा एमालेले सांसदहरू विष्णु पौडेल, लालबाबु पण्डित, शिवमायता तुम्बाहाम्फे र कृष्णभक्त पोखरेललाई पठाएको छ। 

प्रकाशित मिति: १५:२१ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्