अब एमाले संसदीय प्रक्रियामा आउने कानुनमन्त्री बडुको भनाइ
काठमाडौं, फागुन २२ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दल एमाले संसदीय प्रक्रियामा सहभागी भएकाे बताउँदै अब संसद सुचारु...
काठमाडौं, फागुन २२ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दल एमाले संसदीय प्रक्रियामा सहभागी भएकाे बताउँदै अब संसद सुचारु हुन सक्ने सम्भावना औंल्याएका छन्।
एमालेले ‘महाअभियोग सिफारिस समिति’मा रहने चार सदस्यको नाम दिएर संसदीय प्रक्रियामा सहभागी भएको संकेत गरेको बताउँदै संसद सुचारु हुन सक्ने सम्भावना औंल्याएका हुन्।
आज (आइतबार) प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडुले भने, ‘महाअभियोग सिफारिस समितिमा पनि नेकपा एमालेको सहभागिता भएकाले केही सकारात्मक संकेत संकेत देखिएको भनेर हामीले बुझेका छौं। अब संसद् क्रियाशील हुन्छ भन्ने हाम्रो भनाइ हो।’
संसदमा सधैं अवरोध भइरहे जनताले प्रश्न उठाउन सक्ने उनले बताए। उनले सरकारले एमालेसँग संवाद र छलफल गरिरहेको प्रतिनिधिसभाको आगामी बैठकमा एमालेबाट हुँदै आइरहेको संसद् अवरोध हट्न सक्ने बताए।
संसद सुचारु हुनेबित्तिकै रोकिएका थुप्रै विधेयक संसदबाट पारित र जनताले भोग्दै आएका समस्यामा सुधार हुने विश्वास उनले व्यक्त गरे।











