‘अर्ली इलेक्सन’ तत्काल सम्भव नभएको नेता पुनकाे भनाइ
काठमाडौं, फागुन २२ : माओवादी केन्द्रका नेता वर्षमान पुनले ‘अर्ली इलेक्सन’ तत्काल सम्भव नभएको प्रतिक्रिया दिएका छन्।आज (आइतबार) प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै...
काठमाडौं, फागुन २२ : माओवादी केन्द्रका नेता वर्षमान पुनले ‘अर्ली इलेक्सन’ तत्काल सम्भव नभएको प्रतिक्रिया दिएका छन्।
आज (आइतबार) प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ‘अर्ली इलेक्सन’ राजनीतिक रुपले सोच्न सकिने विषय भए पनि अन्य हिसाबले सम्भव नभएको बताएका हुन्।
दलका शीर्ष नेताहरुबाट ‘अर्ली इलेक्सन’बारे कुरा आए पनि मौसमी र भौगोलिक हिसाबले त्यो तत्काल सम्भव नहुने उनको भनाइ थियो।
‘पाँच–छ महिनादेखि संसद चल्न नसक्ने अवस्थामा राजनीतिक रुपले अर्ली इलेक्सनबारे सोच्नु ठिकै हो,’ उनले भने, ‘ ‘हाम्रो मौसमी र भौगोलिक हिसाबले हेर्दा त्यसबारे तत्काल सोच्न सकिने अवस्था देखिँदैन।’
प्रकाशित मिति: १४:४७ बजे, आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











