Kathmandu Press

एमालेका कारण संसद भंग हुनसक्छ: माधव नेपाल 

काठमाडौं, फागुन २२ : नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा भंग हुनसक्ने बताएका छन्। प्रतिनिधि सभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले...
एमालेका कारण संसद भंग हुनसक्छ: माधव नेपाल 

काठमाडौं, फागुन २२ : नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा भंग हुनसक्ने बताएका छन्।

प्रतिनिधि सभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेले लगातार रुपमा संसद अवरोध गरिरहेका कारण भंग गर्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन्। 

उनले प्रतिनिधि सभा भंग र अर्ली  इलेक्सनको चर्चा स्वाभिवक रहेको रहेको बताए।

‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने, ‘त्यस्तो हो भने त्यो भन्दा पहिले नै संसदले नै केपी ओलीको वितण्डाको सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ। चुनावमा जान्छ’ उनले भने। 

प्रकाशित मिति: १४:३६ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्