प्रतिनिधिसभाको अर्को बैठक फागुन २९ गते
काठमाडौं, फागुन २२ : प्रतिनिधिसभाको अर्को बैठक फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ।सभामुख अग्निप्रसाद सापकोटाले आज (आइतबार) को बैठक करिब...
काठमाडौं, फागुन २२ : प्रतिनिधिसभाको अर्को बैठक फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले आज (आइतबार) को बैठक करिब आठ मिनेट बसेपछि स्थगित गरेको थिए।
आजको बैठकमा महाअभियोग सिफारिस समिति गठन गरिनुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं प्रतिवेदन पेस गरिएको छ।
त्यसैगरी जबरजस्ती करणीको आरोपमा पक्राउ परेका एमालेका सांसद् निलम्बनमा परेको सूचना पनि पढेर सुनाइयो।
प्रकाशित मिति: १४:३१ बजे, आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











